स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता सुरू

वि.सं.२०७९ वैशाख ११ आइतवार ११:३०

काठमाडौं: स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ । निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ ।
आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका हुन् । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । त्यस्तै, भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पनि आयोगले उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।
गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ ।

वि.सं.२०७९ वैशाख ११ आइतवार ११:३०