प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामको भ्रमणमा
वि.सं.२०७७ मंसिर ८ सोमवार १३:५७
1.3K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन बिहान ९ बजे हेलिकप्टर मार्फत त्यसतर्फ भ्रमणमा गएका छन् ।
प्रधानमन्त्री ओली ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने जनाइएको छ ।
ताप्लेजुङपछि प्रधानमन्त्री ओलीले इलामको जौबारीमा निर्मित अस्पताल भवन उद्घाटन गर्ने र सन्दकपुरमा सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी भएर आजै काठमाडौं फर्किने छन् ।
यो पनि पढ्नुहोस् :
https://www.akhabarnepal.com/2020/11/19433/
वि.सं.२०७७ मंसिर ८ सोमवार १३:५७




















