YouTube Link

पूर्वयुवराज पारसले जब आफ्नै साथीको नाथ्री फुटाए…

Facebook Link

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए ।

प्रभाकरले सोचेका पनि थिएनन् पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहिमाथि जाइलाग्लान भनेर ।

घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भने अनुसार पारसले त्यसै गरे ।

पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउने बित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ भनिदिएको छु ।’

फोनमा यति–उति पैसा भन्ने तय भएको थिएन, पारसले पनि सोधेनन् । सिधै लेकसाइडस्थित फिस्टेल लजको काउन्टरमा पुगे । त्यहाँ थिए, म्यानेजर । पारसलाई देख्नेबित्तिकै उनले एउटा कागजमा बेरेर राखिएको मुठो दिए ।

पारसले कागज खोलेर हेरे, एक–एक लाखको दुईवटा गड्डी देख्नासाथ मुख बिगारे । अनि, आफूमाथि अपमान भएको भन्दै म्यानेजरलाई मुक्का बर्साउन थाले । उनको नाकबाट रगत बग्यो ।

पारस पैसा त्यहीँ फ्याँकेर निस्किए । अनि, म्यानेजरले प्रभाकरलाई फोनमा यस्तो घटना सुनाए । सुन्नासाथ प्रभाकरले मुख बिगारे, तर जवाफ दिएनन् ।

किनभने, उनले फोन रिसिभ गरिरहँदा अगाडि पञ्चायतकालिन दुई जना मन्त्री थिए । त्यसपछि प्रभाकर केही पर, एकान्तमा पुगे ।

लगभग १०–१५ मिनेट कोहीसँग फोनमा कुरा गरेर साथीहरू भएको ठाउँमा फर्किए । त्यसबेलासम्म पनि उनको अनुहार राम्रोसँग खुल्न सकेको थिएन ।

त्यहाँ बस्नेहरूको अनुमान थियो– कि त प्रभाकरले ज्ञानेन्द्रलाई फोन गरेर पारसको हर्कतबारे सुनाए । कि, फेरि फिस्टेलमा फोन गरेर पारसले भनेजति पैसा दिन लगाए ।

यसरी पारसलाई पैसा चाहिँदा साथीलाई भनेर दिलाए पनि पूर्वराजा ज्ञानेन्द्रको मनमा छोराप्रतिको माया भने औपचारिक मात्र हो, भित्रदेखि होइन ।

मानौँ, कसैले राजसंस्था फर्काइदिएछ भने पनि पारस फेरि युवराज नहुने पक्का नै छ । पत्नी हिमानीसँगको सम्बन्ध पनि औपचारिक मात्रै हो । काठमाडौैं आएको बेला छोराछोरी त भेट्छन्, तर पत्नी र बाबुहरूसँग बस्दैनन् ।

उता, ज्ञानेन्द्रमा भारतप्रतिको भरोशा घटेको छ । आजभन्दा १२ वर्षअघि भारतलाई सकेसम्म किन चिढ्याउनु भन्ने ज्ञानेन्द्र आजकल भारतीय बेवास्ताको कारण निराश छन् । जनआस्थाबाट

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...