प्रचण्डका लागि मूल मन्त्र: केपीम् शरणम् गच्छामी
वि.सं.२०७७ असोज २८ बुधवार ०९:४९
1.6K
shares
काठमाडौं: बुद्धम् शरणम गच्छामी भन्ने मन्त्र बुद्ध धर्मावलम्वीको मूल मन्त्र हो । भगवान गौतम बुद्धको नीति अनुशरण गर्नेहरुले उक्त मन्त्र उच्चारण गर्ने गरेका छन् ।
धर्म नमान्ने कम्युनिष्टका लागि धार्मिक भन्दा पनि राजनीतिक रुपमा नै त्वम् शरणम् गर्नुपर्ने अवस्था विद्यमान राजनीतिमा देखिएको छ ।
विशेष गरी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुद्ध धर्मको उक्त मन्त्रलाई अनुशरण गरेको देखिन्छ ।
हुन पनि कुनैबेला देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थितिमा छैनन् उनी । यो स्थिति आउदा प्रचण्ड विरक्तिएका छन् । उनले आफू निकटलाई यो समस्या सुनाउने पनि गरेका छन् ।
अहिले नेकपाभित्र प्रचण्डलाई केपीम् शरणम् गच्छामीमा परिणत भएको कुरा पार्टीभित्र चर्चा परिचर्चा चल्ने गरेको छ ।
हुन पनि कुनैबेला देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थितिमा छैनन् उनी । यो स्थिति आउदा प्रचण्ड विरक्तिएका छन् । उनले आफू निकटलाई यो समस्या सुनाउने पनि गरेका छन् । उनले प्रधानमन्त्री ओलीले जसरी पनि पेल्ने र जित्ने गरेको र त्यति मात्र नभई पार्टीमा आफूले भनेको कुरा नै लागू हुने अवस्था नरहेको कुरा आफू निकटकासँग कहने गरेका छन् ।
प्रचण्डले माओवादी बुलेटको राजनीति छोडेर ब्यालेटको राजनीतिमा आईसकेपछि धेरै मन्त्री तथा प्रधानमन्त्रीको पद खोसियो । पद खोसुवामा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पनि परे ।
ओली मात्र नभई ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराई पनि प्रचण्डको सिकार भए । अहिलेका प्रधानमन्त्री ओलीलाई ०७२ मा प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार पनि प्रचण्ड नै थिए ।
तर चन्द्रमा सधै दाहिने नहुँदा अहिले उनै प्रचण्ड ओलीको शरणमा पर्नुपर्ने अवस्था आएको छ । त्यति मात्र होईन आफू सरह कै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाए झैँ वार्ता गरिरहनुपरेको छ । यो प्रचण्डका लागि पिडाको विषय नै हो भन्दा फरक नपर्ला ।
अहिले प्रधानमन्त्री ओलीले चाहँदा जे पनि हुने र प्रचण्डले चाहेर पनि केही नहुने अवस्था छ । पार्टीभित्र ओली हाबी भएपछि प्रचण्डलाई साथ दिनेहरु पनि ओलीतिरै ढल्किएका छन् । प्रचण्डका मान्छेहरू अर्थात माओवादीका नेताहरु मन्त्री पाइन्छ कि भनेर केपीतिर लागि परेका छन् । टोपबहादुर रायमाझी, प्रभु साह, हरिबोल गजुरेलसम्म केपीको लिष्टमा छन् ।
यसरी सहयोद्धाहरुको नाम ओलीको नामबाट सुन्नुपर्दा प्रचण्डका लागि यो पटक्कै सुहाउने कुरा होईन । तर के गर्नु बाध्यता छ । यही बाध्यताका कारण बेलाबेला रिफ्रेस हुनका लागि उनी रिसोर्टतिर धाउने गरेका हुन कि !
प्रचण्डको यो अवस्थालाई देखर नै होला प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डप्रति आफ्नो खेमामा टिप्पणी छ, मच्चिन त सक्नुहुन्छ । अन्तिममा थच्चिनुको विकल्प छैन ।
र यो पनि पढ्नुहोस्…
पूर्वयुवराज पारसले जब आफ्नै साथीको नाथ्री फुटाए…
कर्णालीका मुख्यमन्त्री शाहीमाथि दर्ता भएको अविश्वासको प्रस्तावमा ब्रेक !
महेन्द्रलाई ‘कू’ गर्दा बालुवाटारमा हलचल, प्रचण्डको किचेन क्याविनेटमा यस्तो हुँदैछ छलफल
वि.सं.२०७७ असोज २८ बुधवार ०९:४९




















