YouTube Link

बिगत डेढ वर्षदेखि बन्द रहेको लाप्चानेस्थित ईलाका प्रशासन कार्यालयको सेवा प्रवाह पुनः सुचारु

Facebook Link

रामेछापः रामेछापको उमाकुण्ड गाउँपालिकामा बिगत डेढ वर्षदेखि बन्द रहेको लाप्चानेस्थित ईलाका प्रशासन कार्यालयको सेवा प्रबाह आजबाट पुनः सुचारु भएको छ ।

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको निरन्तर पहलपछि असोज २७ गते आजबाट ईलाका प्रशासन कार्यलयबाट नेपाली नागरिकताको प्रमाणपत्र बितरणको काम शुरु भएको हो ।

बन्द रहेको ईलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आएसँगै उमाकुण्ड गाउँपालिकाका स्थानीय नागरिकहरुमा खुशियाली छाएको छ । यसअघि यहाँका आम नागरिकले नागरिकता बनाउनका लागि घण्टौ धाएर सदरमुकाम मन्थली जानुपर्ने बाध्यता थियो ।

इलाका प्रशासन कार्यालयमा एक जना अधिकृत, दुई जना नायक सुब्बा, एक जना सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । कार्यालय सञ्चालमा आएपछि उमाकुण्ड गाउँपालिकाका बासिन्दालाई अब नागरिकता लगायतको सेवा लिनको लागि सदरमुकाम मन्थली धाउन पर्ने बाध्यता हटेको छ ।

ईलाका प्रशासन कार्यालय लाप्चानेबाट जिल्लाका उत्तरपूर्वका तत्कालिन प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुँभुकास्थली, ठोसे र बाम्तीका नागरिकहरुले सेवा लिन पाउने छन् ।

तस्बीरः उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको फेसबुकबाट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...