नेपालमा थप १३९ जना सहित कोरोना संक्रमितको संख्या १८,७५२ पुग्यो
वि.सं.२०७७ साउन १२ सोमवार १७:३३
1.7K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १सय ३९ जना कोरोना भाइरस संक्रमित देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १सय ३९ जना सहित कोरोना भाइरस संक्रमित संख्या १८ हजार ७ सय ५२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थप ६ सय २६ जना कोरोना संक्रमणमुक्त भएसंगै नेपालमा १३ हजार ७ सय ५४ जना उपचारपछि निको भएको र हाल सम्म ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन १२ सोमवार १७:३३



















