Texas College
YouTube Link

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध लड्‍न सार्क राष्ट्र तयार, आपत्कालिन कोष स्थापना गरिने

Facebook Link

काठमाडौं: दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुबीच कोरोना भाइरसको संक्रमणको विरुद्ध संयुक्त रुपमा सामना गर्ने विषयमा छलफल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आयोजित भिडियो सम्मेलनमा कोरोना संक्रमणबाट यस क्षेत्रका मानिसहरुको सुरक्षा गर्ने तथा आर्थिक क्षेत्रमा पर्ने असर कम गर्ने विषयमा छलफल भएको छ ।

सार्क क्षेत्रका आठ वटै राष्ट्र सहभागी भिडियो सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाईरस विरुद्ध लड्नका लागि एउटा साझा कोष स्थापना गर्न प्रस्ताव गरेका छन् । उक्त कोषमा भारतले १ करोड डलर राख्ने भन्दै मोदीले यस्ताखाले अरु समस्याहरुसँग जुध्न पनि कोष काम लाग्ने उल्लेख गरे । मोदीले कोरोनाका कारण यस क्षेत्रको आर्थिक क्षेत्रमा पर्ने असरलाई कसरी न्युन गर्ने भन्ने विषयमा पनि एकीकृत रुपमा काम गर्न प्रस्ताव गरे ।

भिडियो सम्मेलनलाई सम्बोधन गर्दै प्रधामन्त्री केपी ओलीले कोरोना भाइरस विरुद्ध नेपालले गरेको तयारीको सम्बन्धमा जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले नेपालमा अहिलेसम्म एक जना शंकास्पद देखिएकोमा उनमा पनि कोरोना संक्रमण फेला नपरेको जानकारी दिए । रोगको जोखिमलाई ध्यान दिँदै तत्कालका लागि विदेशीहरुलाई अन अराइभल भिसा दिन बन्द गरेको, नेपाल भित्रने यात्रुलाई ‘सेल्फ क्वारेनटाइन’ मा राख्ने व्यवस्था मिलाएको र ‘स्क्रिनिङ’ सेवा उपलब्ध गराएको पनि प्रधानमन्त्री ओलीले बताए ।

त्यसैगरी श्रीलंकाका राष्ट्रपति गोटावाय राजपक्षे, भुटानका प्रधानमन्त्री लोते छिरिङ, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, माल्दिभ्सका राष्ट्रपति ईब्राहिम मोहम्मद सोलिहले कोरोना भाईरसको संक्रमणबाट उत्पन्न हुनसक्ने संकटको मिलेर सामना गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरु सवैले साझा कोष बनाउने प्रस्तावको स्वागत समेत गरेका छन् । भिडियो सम्मेलनमा पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी भएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...