YouTube Link

कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विदेशबाट नेपाल आउने सबैले आजदेखि क्वारेन्टाइनमा बस्नुपर्ने

Facebook Link

काठमाडौं: स्वदेशी तथा विदेशी नागरिकले नेपाल आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु भएको छ । अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य फारम भर्नुपर्ने र क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ भने विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था आफैं गर्नुपर्नेछ । क्वारेन्टाइनमा बसे वा नबसेको अनुगमन सम्बन्धित स्थानीय तहहरुले गर्ने जनाइएको छ ।

तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपाल भित्रिने नाकाका रुपमा राखिएको विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार अब विदेशबाट फर्किएका सबै नागरिकले १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने भएको हो । आफैंले आफैंलाई अन्य मानिसहरूको सम्पर्कबाट पर राखी संक्रमणबाट जोगिने प्रक्रिया नै ‘सेल्फ क्वारेन्टाइन’ हो ।

क्वारेन्टाइनमा बस्दा परिवारका सदस्यसँग नजिक गएर कुरा गर्न नहुने, कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्नुपर्ने, माक्स लगाउने, छुट्टै बाथरुम प्रयोग गर्ने, क्वारेन्टाइन बसेको व्यक्तिले प्रयोग गरेका सामग्री परिवारका अरु सदस्यले प्रयोग गर्न नहुने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...