कोरोना संक्रमितलाई उपचार गर्न तीनवटा अस्पताल तयारी
वि.सं.२०७६ चैत ३ सोमवार ०७:३४
1.2K
shares
काठमाडौं: सरकारले कोरोनाभाइरसको संक्रमण नेपालमा प्रवेश गर्न नदिन विशेष सावधानी अपनाइएको जनाएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग समय मागेर कारोनाभाइरस संक्रमणबाट बच्न सरकारले गरेको तयारी बारे जानकारी दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संक्रमण फैलन नदिन प्रयाप्त सावधानी अपनाइएको जानकारी दिए ।
कोरोनाका बिरामीको मात्र उपचार गर्ने गरी तीन वटा अस्पताल तयारी अवस्थामा राखेको भन्दै मन्त्री ढकालले काठमाडौं उपत्यकामा १ सय २० र उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसीयू तयार रहेको जानकारी दिए । मन्त्री ढकालले रोकथामको तयारी गर्दागर्दै पनि कोरोनाको संक्रमण देखिए उपचारको लागि विशेष व्यवस्था गरिएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले १ सय ५५ वटा आइसोलेसन बेड पनि तयारी अवस्थामा राखेको भन्दै मन्त्री ढकालले विमानस्थलदेखि चीन र भारतका नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिएको बताए । स्वास्थ्यमन्त्री ढकालले छिमेकी राष्ट्रसंग जोडिएका १ सय २८ स्थानीय तहलाई २१ बुँदे निर्देशन दिएर सावधानी अपनाइएको जानकारी दिए ।
वि.सं.२०७६ चैत ३ सोमवार ०७:३४



















