Texas College
YouTube Link

ट्वीटरको नयाँ फिचरमा ट्वीट आफै हराउने

Facebook Link

एजेन्सीः माइक्रो ब्लगिङ साइट ट्वीटरमा हालैका दिनहरुमा एक नयाँ फिचरको परीक्षण भैरहेको छ । उक्त फिचर अन्तर्गत अब इस्टाग्राम स्टोरिज जस्तै २४ घण्टामा आफै हराउने खालका ट्वीट गर्न सकिनेछ ।

अहिले ट्वीटरले यो फिचर ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ । २४ घण्टामा ट्वीट आफै डिलिट हुने ट्वीटरको यो फिचरलाई fleets नाम दिइएको छ । २४ घण्टामा आफै डिलिट हुने यस्तो ट्वीटलाई रिट्वीट गर्न सकिने छैन भने त्यस्ता ट्वीटमा लाइक अप्सन पनि हुने छैन । साथै यस्तो ट्वीटरमा गरिने रिप्लाइ सामान्य ट्वीटमा देखापर्ने कमेन्ट्सको रुपमा नभै ट्वीटकर्तालाई डाइरेक्ट मेसेजको रुपमा प्राप्त हुनेछ । ट्वीटहरुमा पब्लिक रेस्पोन्स तथा पब्लिक डिस्कसनको कुनै गुञ्जायस हुने छैन । ट्वीटर प्रयोगकर्ताले चाहेको खण्डमा पर्सनल मेसेजलाई रिप्लाई पनि गर्न सक्नेछ ।

विद्यमान ट्वीटको सार्वजनिक तथा स्थायी स्वरुपका कारण ट्वीटर प्रयोग गर्न हिच्किचाउने नयाँ प्रयोगकर्तालाई लक्षित गरी ट्वीटरले यस्तो फिचर ल्याएको बताइएको छ । यसबाट ट्वीटरमा सार्वजनिक सम्वाद तथा अन्तर्क्रिया गर्न नचाहने प्रयोगकर्ताहरु आकर्षित हुने विश्वास ट्वीटरको छ । ट्वीटरको यो नयाँ फिचर स्नापच्याट, फेसबुक तथा इन्स्टाग्रामको स्टोरिज फिचरसँग मिल्दोजुल्दो छ, जहाँ २४ घण्टाका लागि फोटो तथा मेसेज शेयर गर्न सकिन्छ जुन पछि आफैं डिलिट हुन्छ । यो फिचर सोसल मिडियामा निकै लोकप्रिय पनि बनिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

काठमाडौं: सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक...