YouTube Link

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

World Cup 2026
Facebook Link

काठमाडौं: प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सुरुमा नवनिर्वचति सभामुख अग्निप्रसाद सापकोटालाई दलीय आधारमा सांसदहरुले बधाई तथा शुभकामना दिने कार्यसूची छ । सभामुख सापकोटाले संचालन गर्ने पहिलो बैठकमा संवैधानिक आयोगका केही प्रतिवेदनहरु पेश गर्ने संभावित कार्यसूची निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको बार्षिक प्रतिवेदन बैठकमा पेश हुनेछ । कानुन निर्माणका लागि महत्वपूर्ण मानिने संसदको हिउँदे अधिवशेन पुस ४ गतेदेखि सुरु भएपनि सभामुख चयनमा सहमति नजुट्दा एक महिनाभन्दा लामो समयसम्म बैठक बस्न सकेको थिएन । अब दर्ता भएर बसेका विधेयकहरु निरन्तर अघि बढ्ने संसद सचिवालयले जनाएको छ ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक पेश हुनेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले योगमाया आयुर्वेदख विश्वविद्यालय विधेयक २०७६ लाई सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ । बैठकमा सभा अध्यक्षले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...