नवनिर्वाचित सभामुख अग्नी सापकोटा विरुद्धको मुद्दामा आज सुनुवाई हुँदै
वि.सं.२०७६ माघ १४ मंगलवार ०९:४२
काठमाडौं: प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटा विरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो ।
सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ । वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सोमबार दिनभर बहस भए पनि नसकिएकाले आज सुनुवाइ हुनेछ । सभामुखको हैसियतमा सापकोटालाई काम नगर्न नगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन । नवनिर्वाचित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ ।
वि.सं.२०७६ माघ १४ मंगलवार ०९:४२