YouTube Link

बानेश्वरमा सिम्बोलिक फेशनको दोस्रो आउटलेट

World Cup 2026
Facebook Link

काठमाडौं: नयाँ बानेश्वरमा सञ्चालित सिम्बोलिक फेशनको दोस्रो आउटलेटको नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा उद्घाटन गरिएको छ । सिम्बोलिक फेशनको पहिलो आउटलेट बैशाख १ गते देखि मैतिदेवीमा सञ्चालन भईरहेको छ ।

सिम्बोलिक फेशनको दुबै आउटलेटहरुमा महिला, पुरुष तथा बालबालिकाहरूको लागि चाहिने बिभिन्न ब्रान्डका कपडा, जुत्ता तथा एसेसरिजहरु उपलब्ध छन् । साथै सिम्बोलिकमा नाईक, एडिडास, रिबोक, अर्क जस्त उच्च गुणस्तरका ब्राण्डेड जुत्ताहरुको कलेक्सन समेत उपलब्ध छ । उक्त स्टोरका सामानहरु कम्पनीको अफिसियल फेसबुक पेज तथा ईन्स्टाग्राम मार्फत अनलाइनबाट समेत खरीद गर्न सकिनेछ भने देशैभरी घरैमा बसीबसी अर्डर गरी घर घरमा डेलिभरी दिने सेवा समेत उपलब्ध छन् ।

विभिन्न बैंक मार्फत भुक्तानी एवं ई–वालेट, ई–सेवा, आईएमईपेबाट समेत अनलाईन खरिदमा भुक्तानी गर्न सक्ने कम्पनीका सिईओ आशिष तामाङले बताए । निकट भविष्यमा नै सिम्बोलिक फेसनको ई कमर्स पोर्टलबाट समेत घरैमा बसि सामान खरिद गर्न सक्ने तामाङले बताए । स्टोरले आफ्ना ग्राहकहरूलाई उच्च–गुणस्तरयुक्त सामान उपलब्ध गराउने र ग्राहकको फेसन आवश्यकता पुरा गर्न सक्षम हुने कलाकारद्वय खड्का र बस्नेतले शाखा उद्घाटनको क्रममा बताए । कलाकारद्वयले २०२० को अन्त्यसम्म थप तीनवटा आउटलेट खोल्ने कम्पनीको योजनालाई पनि हौसला प्रदान गर्नुका साथै सफलताका लागि बधाई तथा शुभकामना दिए ।

उद्घाटनको साथसाथै कम्पनीले माघ १७ गतेसम्म आउटलेटमा उपलव्ध सम्पूर्ण सामानहरुमा २५% ग्रान्ड ओपनिङ छुटदिने घोषण गरेको छ । साथै कम्पनीले सामाजिक संञ्जाल फेसबुक, ईन्स्टाग्राम मार्फत चेक–इन गर्नेहरूको लागि अतिरिक्त ५५ छुट कुपन प्रदान गरिने र उक्त कुपन कम्पनीको दुबै आउटलेटमा प्रयोग गर्न सकिने बताएको छ ।

यस बाहेक, कम्पनीले दैनिक, साप्ताहिक, र मेगा लकी ड्रको पनि घोषणा समेत गरेको छ । लकी ड्रमा भाग लिन ग्राहकहरूले कम्तिमा दुई हजार मूल्य बराबरको सामानहरू खरिद गर्नुपर्ने छ । दैनिक भाग्यशालीको छनोट प्रत्येक दिन अफिसियल फेसबुक पेजबाट फेसबुक लाइभ मार्फत घोषित गरिने बताईएको छ । दैनिक लकी ड्र को विजेताले कम्पनीको कुनैपनि आउटलेटहरूमा अन्य सामान खरिदमा ४०% छुट पाउनेछन् ।

साप्ताहिक लकी ड्रका दुई विजेताहरूको माघ १० र माघ १७ मा घोषणा गरिनेछ र विजेताहरूले एमआई बन्ड–४ प्राप्त गर्नेछन् । त्यसैगरी मेगा लकी ड्र को तीन विजेता माघ १७ मा घोषण गरिने र पहिलो विजेताले ३२ ईन्च भिडियोकोन एलइडी टेलिभिजन, दोस्रो विजेताले क्युबोट नोभा स्मार्ट मोबाईल र तेस्रो विजेताले पाँच हजार बराबरको गिफ्ट भौचर पाउने कम्पनीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...