YouTube Link

सहिद स्मारक ए डिभिजन लिगमा आज मछिन्द्र र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुँदै

Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्रलाई लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । राष्टिय फुटबल टिमका अधिकांश अनुहार अनुबन्धन गरेको मछिन्द्र लिगको प्रमुख दाबेदार टिम हो । नयाँ सिजन तीन ब्राजिलियन खेलाडी राखेर पनि फ्रेन्ड्सले अपेक्षित प्रर्दशन गर्न सकेको छैन । युवा खेलाडीले समेत प्रभाव जमाउन नसक्दा फ्रेन्ड्स लिगमा अंक विहिन छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटी आमने सामने हुँदैछन् । च्यासल लिगको अर्को दाबेदार टिमको रुपमा देखिएको छ । पहिलो खेलमा संकटालाई २-० ले हराएको उसले दोस्रो खेलमा मछिन्द्रसँग अंक बाँडेको थियो । भेट्रान फरवार्ड सन्तोष शाहुखल नेतृत्वमा रहेको च्यासलले राष्ट्रिय टिमका केही अनुहार समावेश गर्दै सन्तुलित टिम बनाएको छ । तीन जापानी खेलाडीको प्रभावमा च्यासलले नयाँ सिजनको लिगमा राम्रो नतिजा निकाल्ने देखाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...