YouTube Link

पोखरा प्रिमियर लिग क्रिकेट आज लिग चरणको अन्तिम एक खेल हुँदै, वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा

World Cup 2026
Facebook Link

कास्की: पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज लिग चरणको अन्तिम एक खेल हुदैछ । अन्तिम खेलमा वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । यसअघि नै प्लअफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ । सोही कारण वुटवललाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्य सहित विराटनगरले लिग चरणको अन्तिम खेल खेल्दैछ ।

वुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ । चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ । वुटबल ब्लास्टरले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ । तेस्रो स्थानमा रहने टोलीले वुटवलसंग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं ४ अंक सहित प्लेअफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्र्दै विराटनगरसंग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ । वुटवलको नेतृत्व सोमपाल कामीले गर्नेछन् भने विराटनगरको कप्तानी प्रदीप ऐरीले गर्नेछन् । अन्तिम खेलको नतिजाले ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौं गोल्डेनको भाग्य निर्धारण हुनेछ । विराटनगरले लिग चरणमा पोखरा पल्टनलाई मात्र पराजित गर्न सक्यो । वुटवलले चितवनसंगको मात्र एक खेल गुमाएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...