पोखरा प्रिमियर लिग क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच खेल हुँदै
वि.सं.२०७६ पुस ८ मंगलवार ०९:१४
1.3K
shares
कास्की: पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा हुने चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रदा काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । यस खेल काठमाडौंका लागि निकै महत्वपूर्ण रहेको छ ।
प्रतियोगिताको प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ ।
वि.सं.२०७६ पुस ८ मंगलवार ०९:१४



















