एसीसी टी-ट्वान्टी इस्टर्न रिजन पुरुष क्रिकेटको पहिलो खेलमा नेपालले चीनको सामना गर्ने
वि.सं.२०७६ पुस ८ मंगलवार ०९:१३
1.2K
shares
काठमाडौं: थाइल्याण्डमा आयोजना हुने एसीसी टी-ट्वान्टी इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनको सामना गर्ने भएको छ । आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगिताका लागि एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी चीन परेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले फेब्रुअरी २९ मा चीनको सामना गर्नेछ । यस्तै नेपालले मार्च १ मा थाइल्याण्डसँग खेल्दा मार्च ३ मा मलेसियासँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान,चीन, म्यानमार,हङकङ,सिंगापुर र मलेसियाले खेल्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
वि.सं.२०७६ पुस ८ मंगलवार ०९:१३



















