YouTube Link

गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा एक सयभन्दा बढी चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

Facebook Link

काठमाडौं: नेपाल प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा एक सय जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । पर्यटक भिसामा नेपाल आएर विभिन्न स्थानमा अवैध गतिविधि गर्दै बसेका चिनियाँहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को नेतृत्वमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार बिहानैदेखि काठमाडौंका बूढानीलकन्ठ, मनमैजु, सामाखुसी, लाजिम्पाट, बाँसबारी लगायत ठाउँमा छापा पारी एक सय भन्दा बढी चिनियाँलाई पक्राउ गरेको हो । अपार्टमेन्ट, निजी घर र होटलहरुमा छापा मारेर दिनभरमा करिब एक सय जना भन्दा बढी चिनियाँलाई नियन्त्रणमा लिइएको तर भिसा भएका र शंकास्पद नदेखिएका केहीलाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चिनियाँहरुविरुद्धको ‘अपरेसन’ अहिले पनि जारी राखेको छ । पर्यटक भिसामा आएका उनीहरु निजी घर भाडामा लिने तथा अपार्टमेन्टमा बसेर अवैध धन्दामा संलग्न हुने गरेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका चिनियाँहरुबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरिएको र उनीहरुका गतिविधिको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था ‘ह्याकिङ’मा चिनियाँहरुको संलग्नता बढ्दै गएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...