YouTube Link

‘जिनियस म्युजिक अवार्ड-२०७५’ हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ ।

दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनीको आधिकारिक वेबसाइटमा गएर अनलाइनमार्फत पनि देशैभरीबाट आवेदन फाराम भर्न सकिने जनाएको छ । पहिलो पटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ ।

अवार्डमा राष्ट्रिय भावनाको गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, गायक तथा गायिका), चलचित्र गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका), लोक तथा दोहोरी (सर्वोत्कृष्ट शब्द, लय, संगीत संयोजक, गायक, गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देश्ँक, मोडल, नव मोडल) तामाङ गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका), पप तथा आधुनिक (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक, गायिका, यूगल तथा समुह गायन, रेकर्डिष्ट, ध्वनी मुद्रण, नव गायक, नव गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देशक, मोडल, नव मोडल), चाडपर्व विशेष गीत (सर्वोत्कृष्ट तीज गीत गायिका, तीज गीत नव गायिका, सर्वोत्कृष्ट दशैं गीत, सर्वोत्कृष्ट देउसी–भैलो गीत), सर्वोत्कृष्ट बाल गीत, सर्वोत्कृष्ट म्युजिक कम्पनि तथा सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरिने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...