YouTube Link

‘गैंडा टाइम्स’ मञ्चनमा

Facebook Link

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसरमा थिएटर मल कीर्तिपुरमा नाटक ‘गैंडा टाइम्स’ मञ्चन भएको छ । नाटकमा बहिरा व्यक्तिहरूको सहजताका लागि सांकेतिक भाषाको प्रयोग भयो । नाटक भइरहँदा अगाडी बसेका दोभाषेले बहिराहरुलाई कथा बुझाए ।

इमान वा ताजको रुपमा रहेको आफ्नो बाबुको खाग चोरिएपछि सामाजिक मर्यादामा आँच आउँछ । उ मुखिया बन्न योग्य रहँदैन । त्यसैले खाग फिर्ता ल्याउन गैंडा केटो काठमाडौं हिड्छ । काठमाडौंमा उसले भोग्न पर्ने परिस्थिति, उताव चढावहरुको सेरोफेरोमा नाटक घुम्छ ।

‘गैंडा टाइम्स’ लेखक बुद्धिसागर लिखित कथामा आधारित छ । कथाको नाट्य रुपान्तरण प्रविण खतिवडाले गरेका हुन् । नाटकमा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौषम राना, पासाङ चोमु शेर्पा “खुशी”, विकास राना, किरण भेटवाल, दिवेश लामिछाने, दिपक खरेल, सुवास खरेल, प्रवीण मगर, याङसाङ मुकारुङको अभिनय रहेको छ ।

नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत पोखरामा र बिराटनगरका नाटकघरहरुमा पनि मञ्चन हुनेछ । पोखरास्थित गन्दर्व थिएटरमा ३ मार्च आइतबार नाटक मञ्चन हुनेछ । त्यस्तै बिराटनगरस्थित आरोहण गुरुकुलमा नाटक मार्च सातमा देखाइनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

वि.सं.२०८२ असोज १४ मंगलवार १२:२४

काठमाडौं: नव गायक निर्मल तामाङले 'आमा…' बोलको अनप्लग गीत लिएर...

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

वि.सं.२०८२ असोज ९ बिहीवार १२:०६

काठमाडौं: भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत अनि कहिलेकाहीँ कठोर र...

चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन

चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन

वि.सं.२०८२ भदौ १८ बुधवार ०७:५३

काठमाडौं: चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको ५९...

गंगा सोनामले जितिन् नेपाल आइडल सिजन ६ को उपाधि

गंगा सोनामले जितिन् नेपाल आइडल सिजन ६ को उपाधि

वि.सं.२०८२ भदौ १६ सोमवार ०७:५६

काठमाडौं: ‘नेपाल आइडल’ सिजन-६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी...

गायक तथा संगीतकार विजय थापाको क्रेज बढ्दै

गायक तथा संगीतकार विजय थापाको क्रेज बढ्दै

वि.सं.२०८२ भदौ १३ शुक्रवार ०७:५२

कलाकारिता त्यस्तो पेसा हो, जसले समाजको यथार्थचित्र प्रस्तुत गर्दछ ।...