YouTube Link

प्रतिनिधिसभाका नयाँ सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट थालिने

Facebook Link

काठमाडौं : प्रतिनिधिसभाका नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गतेदेखि सुरु हुने भएको छ । आज संघीय संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले हिउँदे अधिवेशनको दोस्रो बैठकबाट नयाँ सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

संसदको हिउँदे अधिवेशन सुरु गर्नुअघि आज दिउँसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था बैठक बोलाएकी हुन् । सभामुखले बोलाउने गरेको उक्त बैठक उपसभामुख तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा बोलाएकी हुन् । प्रतिनिधीसभा बैठकको अध्यक्षता पनि उनले नै गर्ने भएकी छिन् । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले गर्ने प्रावधानले यसअघि अन्योल सिर्जना गरेको थियो ।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने, पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारितगर्नेलगायत कार्यसूची तय भएको छ । उपसभामुख तुम्बाहाङफेले पुस ११ गते बस्ने हिउँदे अधिवेशनको दोस्रो बैठक अघि नै राजीनामा दिनुहुनेछ । जेष्ठ सदस्यले बैठक सञ्चालन गर्दै सभामुख चयनको प्रक्रिया अगाडि बढाउनेछन् । सभामुखमा नेकपा नेता सुवास नेम्वाङ, अग्नि सापकोटासँगै उपसभामुख तुम्बाहाङफेको नाम चर्चामा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...