‘एल क्लासिको’मा बार्सिलोना र रियल मड्रिडले खेले बराबरी
वि.सं.२०७६ पुस ३ बिहीवार ०७:२९
1.6K
shares
एजेन्सी: बार्सिलोना र रियल मड्रिडले ‘एल क्लासिको’मा गोल रहित बराबरी खेलेका छन् । पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ ।
दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् । दुवैले तेस्रो स्थानको क्लब सेभिल्लासंग स्पष्ट ५ अंकको अग्रता लिएका छन् । आईतबार सेभिल्लाले भिल्ला रियलविरुद्वको खेल गुमाएको थियो । खेलका दुवै टिमले गोलका सुन्दर मौकाहरु गुमाएका थिए । ला लिगामा १ सय ७९ औ भेट अक्टोबर २६ मा तय थियो । तर क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनलाई लक्षित गर्दै एल क्लासिको सारिएको थियो । बुधबार खेलका लागि दुवै टिमलाई एकै होटलमा राखिएको थियो । सुरक्षाका कारण दुवै टिमले एकै होटलमा बसेका थिए ।
वि.सं.२०७६ पुस ३ बिहीवार ०७:२९



















