त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह आज, १० हजार विद्यार्थी दिक्षित हुँदै
वि.सं.२०७६ पुस ३ बिहीवार ०७:३०
1.2K
shares
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार एक सय ८४ विद्यार्थी दिक्षित हुँदैछन् ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक/पुरस्कार समेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिले जानकारी दिएको छ । समारोहमा करीब ६ हजार ९ सय अभिभावक सहभागी हुने भएका छन् ।
वि.सं.२०७६ पुस ३ बिहीवार ०७:३०




















