‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारा सहित राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
वि.सं.२०७६ पुस १ मंगलवार ०९:१०
3.3K
shares
काठमाडौं: आज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।
नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी बनाउने तथा नेपालको राष्ट्रिय झण्डालाई नेपाल सरकारले आधिकारिक रुपमा अन्तर्राष्ट्रिय मान्यता दिई विश्वमा प्रचलनमा ल्याएको दिन पुस १ गते लाई सम्मान गर्दै तथा देशको पहिचानलाई उजागर गर्दै पहिलो ऐतिहासिक झण्डा दिवस मनाउन सुरु गरिएको छ । राष्ट्रिय धरोहर संरक्षण महाभियान नेपाल नामक संस्थाले यसको सुरुवात गरेको हो ।
२०६९ सालदेखि नै नेपालको राष्ट्रिय पोसाकको लागि अनवरत अभियान गर्दै आएका अभियन्ताहरुले नै झण्डा दिवसको सुरुवात गरेका हुन् । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा जम्मा भई त्यहाँबाट न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै माइतीघर मण्डलामा कोणसभा गरिने कार्यक्रम रहेको छ ।
वि.सं.२०७६ पुस १ मंगलवार ०९:१०




















