पीपीएलमा पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै
वि.सं.२०७६ पुस १ मंगलवार ०९:११
1.4K
shares
कास्की: दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । घरेलु टोली पोखरा पल्टनले लिग चरणको आफ्नो दोस्रो खेलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने लागेको हो । खेल पोखरा क्रिकेट रंगशालामा हुनेछ ।
साविक विजेता पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ । प्रतियोगिता अर्को दाबेदार टिम चितवन भने आफ्नो पहिलो खेल खेल्दैछ । चितवन प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा हुनेछ । शरद भेष्वाकर कप्तानीको पोखराले पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई पराजित गरेको थियो ।
पोखरा पहिलो संस्करणको उपाधि विजेता समेत हो । गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो । चितवनको नेतृत्व राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले गरेका छन् । पहिलो संस्करणमा दुई टोली दुई पटक खेलेका थिए । लिग चरण र फाइनल चरणमा मैदान उत्रदा पोखरा पल्टनले विजय हासिल गरेको थियो ।
वि.सं.२०७६ पुस १ मंगलवार ०९:११




















