ज्योति विकास बैंकद्वारा टिच फर नेपाललाई पाँच लाख सहयोग
वि.सं.२०७६ मंसिर ३० सोमवार १६:५४
1.3K
shares
काठमाडौं: ज्योति विकास बैंकले टिच फर नेपालसँग पाँच लाख बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ । बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टिच फर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको हो ।
आर्थिक सहयोगको साथै बैंकले टिच फर नेपालको सहयोगमा बेलाबखत आफ्नो दक्ष कर्मचारीहरुलाई ती विद्यालयहरुमा स्वयंसेवकका रुपमा पठाउने पनि प्रतिबद्धता गरेको छ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७६ मंसिर ३० सोमवार १६:५४




















