रोनाल्डोको दुई गोलले इटालियन सिरी ए फुटबलमा युभेन्ट्सको सहज जित,
वि.सं.२०७६ मंसिर ३० सोमवार ०९:१७
1.2K
shares
एजेन्सी: साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ । आईतबार राती भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै लियोनार्दो बुनिचीले एक गोल गरे ।
उडिनेसेका इग्नासिया पुसेट्टोले एक गोल फर्काए । खेलको नवौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाए । ३७ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्ट्सको अग्रता दोब्बर बन्यो । ४५ औं मिनेटमा बुनिचीले गोल गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो । खेलको इन्जुरी समयमा पुसेट्टोले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो । जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
वि.सं.२०७६ मंसिर ३० सोमवार ०९:१७




















