YouTube Link

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

Facebook Link

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ । बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरेको छ । तर यथार्थमा ग्यास आयातमा कमी नआएको तथ्यांकले देखाएको छ ।

 

भन्सार विभागको तथ्यांक  अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ । यो पुस र माघको तुलनामा उच्च हो । पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो । सामान्यतया जाडो महिनामा ग्यासको माग बढ्ने गरेको थियो। तर पुस र माघमा विगतको तुलनामा आयात कम भएको तथ्यांकले देखाएको छ ।

 

खाडीमा जारी तनाव र आयातमा आएको कमीका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । यही कारण नेपाल आयल निगम ले २८ फागुनदेखि आधा सिलिन्डर मात्रै वितरण गरिरहेको छ । गत वर्षको फागुनभन्दा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको  भन्सार तथ्यांकले देखाएको छ । समग्रमा हेर्दा चालु आवको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो । यसले देखाउँछ कि कुल आयात र पछिल्लो महिनाको आयात दुवै गत वर्षभन्दा बढी छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...