YouTube Link

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

Facebook Link

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजरायलको हमलमा उनी मारिएको इरान र इजरायल दुवै पक्षले पुष्टि गरेको हो ।  लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए । मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो । यसअघि इजरायली रक्षामन्त्री इजराइल कात्जले इजरायली आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए ।

 

युद्ध सुरू भएयता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्चतहका व्यक्तिको हत्या भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका छन् । लारिजानी इरानको सत्ता संरचनाभित्र प्रभावशाली तथा व्यवहारिक नेताका रूपमा चिनिन्थे । इजरायलले इरानका अन्य सुरक्षा अधिकारीहरूलाई पनि निशाना बनाएको जनाएको छ ।

 

इरानी अर्धसैनिक बलका प्रमुख घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले थप आक्रमण जारी रहने संकेत दिएका छन् । तीन साताभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध क्षेत्रीय द्वन्द्वतर्फ फैलिँदै गएको छ । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईले युद्धविराम वा तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । सर्वोच्च नेता मोज्तवा इजरायल र अमेरिका पछि नहटेसम्म शान्ति सम्भव नहुने पक्षमा रहेको बताइएको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सहयोगी देशहरूले पर्याप्त सैन्य साथ नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले नेटो सदस्य राष्ट्रहरूलगायत जापान, अस्ट्रेलिया र दक्षिण कोरियाको भूमिकाप्रति आलोचना गरेका छन् । यद्यपि धेरै पश्चिमी देशहरूले युद्धमा प्रत्यक्ष संलग्नता अस्वीकार गरेका छन् ।

 

यता, साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’लगभग बन्दजस्तै हुँदा विश्व तेल आपूर्तिमा असर परेको छ । विश्वभर आपूर्ति हुने तेलमध्ये २० प्रतिशतभन्दा बढी तेल यही मार्ग भएर जान्छ । युद्ध सुरु भएयता तेलको मूल्य करिब ४५ प्रतिशतले बढेको छ । इरानले अमेरिका र इजरायलसँग सम्बन्धित ट्यांकरहरूलाई निशाना बनाउने चेतावनी दिइरहेको छ ।

 

युरोपेली संघकी विदेश नीति प्रमुख काजा काल्लासले जलडमरूमध्ये खुला राख्न कूटनीतिक उपाय आवश्यक रहेको बताएकी छन् । स्थिति बिग्रिँदै गए खाद्य, मल र ऊर्जामा विश्वव्यापी संकट आउनसक्ने उनले बताएकी छन् । इरानले तेल उत्पादन केन्द्र तथा छिमेकी खाडी मुलुकहरूमा आक्रमण तीव्र बनाएको छ । इजरायलको व्यापारिक केन्द्र तेल अभिभमा इरानी क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने युद्ध सुरु भएयता इजरायलमा मृतक संख्या १४ पुगेको छ ।

 

इरानले प्रतिशोधस्वरूप क्लस्टर हतियार प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको छ, जसले ठूलो क्षेत्रमा क्षति पुर्याउने क्षमता राख्छ । निरन्तर बमबारीका बाबजुद इरानले लामो दूरीका आक्रमण गर्नसक्ने क्षमता देखाएको विश्लेषण गरिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...