YouTube Link

११ औं संस्करणको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु

Facebook Link

काठमाडौं: २०७२ सालबाट रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको ११ औं संस्करण चैत १ गतेबाट शुरु भएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले उक्त तालिमको समुदघाटन गरेका हुन् । यस किसिमको उच्चस्तरीय तालिमले राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाई एवम् धारणाको विकास गर्नुका साथै राज्यका संयन्त्रहरुबीच एकता कायम गर्न टेवा पुर्याएको अनुभव विगतका तालिमहरुबाट गरिएको छ र नेपाली सेनाले पनि यही विश्वासका साथ यस किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

११ औं संस्करणको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समुदघाटन समारोहमा रक्षा सचिव केदारनाथ शर्माले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको महत्त्व र आवश्यकताबारे प्रकाश पारेका थिए । चैत्र १८ गतेसम्म सञ्चालन हुने तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट ३० जनाको सहभागिता रहेको छ । १० औं संस्करणसम्म उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमबाट २ सय ५२ जना प्रशिक्षित भइसकेका बताइएको छ ।

नेपाली सेनाले ‘बलियो एकता, सुरक्षित राष्ट्र’ को अवधारणाअनुसार उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, सञ्चार माध्यम, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवम् राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रतिनिधिहरुलाई सहभागी गराउँदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...