YouTube Link

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उचाल्यो फ्रेन्च सुपर कपको उपाधि

Facebook Link

एजेन्सीः पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधि उचालेको छ । कुवेतमा पिएसजीले मार्सेइविरुद्ध इन्जुरी टाइममा बराबरी गोल फर्काउँदै पेनाल्टी सुटआउटपछि मार्सेईलाई हराउँदै लगातार चौथोपटक उपाधि जितेको हो । २-२ को बराबरीपछि पेनाल्टी सुटआउटमा पिएसजी ४-१ ले विजयी भएको हो ।

च्याम्पियन्स लिग विजेता पिएसजीले खेलको १३औं मिनेटमा उस्मान डेम्बेलेको गोलमार्फत अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा मार्सेईले उत्कृष्ट पुनरागमन गर्‍यो । मेसन ग्रिनवुडले ७६औं पेनाल्टीमार्फत बराबरी गोल गरे । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा विलियन पाचोले आत्मघाती गोल गर्दा मार्सेई अग्रता लिएको थियो ।

खेलको अतिरिक्त समयको पाँचौं मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्‍याए । पेनाल्टीमा पिएसजीका गोलकिपर लुकास चेभालिएर नायक बने । उनले म्याट ओराइली र हामेद त्राओरेका पेनाल्टी बचाए । पिएसजीका तर्फबाट रामोस, भिटिन्हा, नुनो मेन्डेस र डेजिरे डोउएले पेनाल्टी गोल गरेपछि पिएसजीले ४-१ ले विजयी भयो ।

कीर्तिमानी १४ पटक फ्रेन्च सुपर कप जितिसकेको पिएसजीले पछिल्ला १३ वर्षमध्ये १२ पटक यो उपाधि जितेको छ । यो खेल लिग वान विजेता र फ्रेन्च कप विजेताबीच हुने गर्दछ । तर गत सिजन पिएसजीले लिग वान र फ्रेन्च कप जितेको थियो। त्यस्तैले सुपर कपमा लिग वानको उपविजेता मार्सेईसँग प्रतिस्पर्धा भएको हो । जितसँगै पिएसजीको २०२५/२६ को जारी सिजनमा यो तेस्रो उपाधि हो । यसअघि पिएसजीले सुपर कप र इन्टरकन्टिनेन्टल कप पनि पेनाल्टीमार्फत जितेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...