YouTube Link

नेपालको एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसीबीचको खेल बराबरीमा टुंगियो

Facebook Link

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालको एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको खेल  बराबरीमा टुंगिएको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगाल फाइनलमा पुगिसकेका थिए ।

 

आजको खेलमा एपिएफले पहिलो रोजाइका रेनुका नगरकोटी, सरु लिम्बू, अनिता केसीलाई‌ आराम दिएको थियो । दोस्रो हाफमा अनिता, सरु र रेनुका मैदान प्रवेश गरेका थिए । दुबै टोलीले केही मौका पाए पनि गोल गर्न सकेनन् ।

 

 

एपिएफले खेलेका ४ मध्ये २ मा जित र २ मा बराबरी गर्दै ८ अंक जोडेको छ । अर्कोतर्फ शीर्षस्थान इस्ट बंगालले ४ खेलमा ३ जित र १ बराबरीका साथ १० अंक जोडेको छ । एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० गोल अन्तरले हराउँदै सहज जित निकाले पनि त्यसपछि गोलको लागि संघर्ष गरेको थियो । दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १-० गोल अन्तरले हराएको थियो ।

 

शीर्षस्थानमा रहेको इस्ट बंगालले ट्रान्सपोर्टलाई ४-०, कराँचीलाई २-० र नासिरलाई ७-० गोल अन्तरले हराएको थियो । दुबै टोली अहिलेसम्म गोल खाएका छैनन् । तर एपिएफले ५ गोल मात्रै गर्न सकेको छ । इस्ट बंगालले १३ गोल गरिसकेको छ । एपिएफले उपाधि जित्नका लागि च्याम्पियनसिपको बलियो टोली इस्ट बंगाललाई हराउनुपर्नेछ । शनिबार एपिएफ र इस्ट बंगालबीच फाइनल खेल हुनेछ ।

 

 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...