YouTube Link

राष्ट्रिय सुरक्षासँगै सामाजिक उत्तरदायित्वमा नेपाली सेना

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रिय सुरक्षासँगै सामाजिक उत्तरदायित्वमा पनि नेपाली सेना सदैव सचेत रहेको पाइएको छ । यसैबीच राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका युनिटहरूले विभिन्न स्थानहरूबाट दुई सयजना भन्दा बढी विद्यार्थी तथा स्थानीय बासिन्दाहरू सहभागी गराई संरक्षण शिक्षालगायत विविध विषयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका खबरहरु प्राप्त भएका छन् ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले कार्तिक २४ गते कञ्चनपुर जिल्ला, दोधारा चाँदनी नगरपालिका-३ स्थित श्री शंकर पार्वती माध्यमिक विद्यालयका शिक्षक तथा शिक्षार्थीहरूलाई सहभागी गराई ‘मानव वञ्यजन्तु द्वन्द्वको कारण र न्यूनीकरणको उपाय’ सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ । त्यस्तै कार्तिक २४ गते नै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणले चितवन जिल्ला माडी नगरपालिका-९ स्थित श्री कृष्ण नगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी गराई संरक्षणको महत्त्व, निकुञ्ज सुरक्षामा नेपाली सेनाको भूमिका, जङ्गली जनावरको आनीबानी तथा नेपाली सेनामा भर्ना छनौट प्रक्रियालगायत विविध विषयमा जनचेतनामूलक कक्षा सञ्चालन गरेको थियो ।

 

 

यस्तै कार्तिक २२ गते बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबर जंग गणले बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सहकार्यमा बर्दिया जिल्ला, मधुवन नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा स्थानीयहरूलाई सहभागी गराई प्रकृति संरक्षण तथा सामाजिक सुरक्षा कार्यमा समुदायको भूमिका, मानव वञ्यजन्तु द्वन्द्व तथा व्यवहार परिवर्तन र नेपाली सेनामा भर्ना प्रक्रियासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै भर्नासम्बन्धी शारीरिक परीक्षाको प्रयोगात्मक अभ्याससमेत गराएको थियो ।

 

विद्यमान अवस्थामा नेपाली सेनाका ८ वटा गण, ७ वटा अनाश्रित गुल्म र १ वटा शिक्षालय गरी करिब ९ हजार फौज १४ वटा संरक्षित क्षेत्रमा परिचालित रहँदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संरक्षण कार्यमा खटिने क्रममा हालसम्म नेपाली सेनाका १ सय १६ जनाले वीरगति प्राप्त गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...