YouTube Link

सगरमाथा आरोहणको आधार शिविरसम्म पुग्ने ऐतिहासिक तथा सुरक्षित मार्ग नुप्सेतर्फबाट चैतभित्रै खुल्ने

Facebook Link

सोलुखुम्बु: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक प्रयोग गरेको ऐतिहासिक तथा सुरक्षित मार्ग आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन हुने भएको छ ।

 

पर्यटन विभागका अनुसार, नुप्से हिमालतर्फबाट सगरमाथा आधार शिविरसम्म पुग्ने यो मार्गको निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार हाल सञ्चालनमा रहेको खुम्बु आइसफलतर्फको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ, जहाँ हिउँ पग्लने र फाट्ने भइरहने भएकाले बर्सेनि आरोहीहरूको ज्यान जाने गरेको छ ।

 

पर्वतारोहण महासङ्घका विज्ञ आङ्छिरिङ शेर्पा र आरोही विजय घिमिरे का अनुसार, नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने यो पुरानो मार्ग धेरै गुणा सुरक्षित र भरपर्दो छ। खुम्बु आइसफलको बाटो सन् १९८४ मा खुलेपछि यो परम्परागत मार्ग उपयोगविहीन भएको थियो ।

 

सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पर्यटन विभागले विश्वविख्यात आरोही काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई लगायतको टोलीलाई यो मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि अनुमति दिएको छ। विभागले शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तारको लिखित अनुमति दिएको छ ।

 

लगानी र समयावधि करिव तीन वर्षअघिदेखि सक्रिय रहेको यो परियोजना आगामी वसन्तयामभित्र सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यो मार्गको अनुमानित लागत करिब चार लाख अमेरिकी डलर रहेको छ, जसमा फ्रान्सस्थित विभिन्न पर्वतारोहण सङ्घसंस्था र निजी दाताहरूको आर्थिक सहयोग रहेको छ भने नेपाल सरकारको आर्थिक लगानी छैन ।

 

यो मार्ग सञ्चालनमा आउँदा आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप र प्रदूषणलाई कम गर्न सकिने पर्यटन विभागको विश्वास छ । यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति आउने र खुम्बु आइसफलको जोखिमका कारण नेपाल बाहिरका हिमाल रोज्ने गरेका आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ । खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले यसलाई ‘नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म’ का रूपमा हेरेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...