YouTube Link

म आफूलाई संगीतकारभन्दा पनि संगीत साधक भन्न रुचाउँछु : वरिष्ठ संगीतकार राजु सिंह

World Cup 2026
Facebook Link

वरिष्ठ संगीतकार राजु सिंहको साँगीतिक पृष्ठभूमि नै संगीतमय थियो । सिंहको बुबा भगत सिंह नेपालको प्रतिष्ठित वरिष्ठ वाद्यवाधक तथा संगीत विषशेज्ञ हुनुहुन्थ्यो । त्यहि भएर पनि होला राजुलाई संगीत क्षेत्रमा लाग्न सहयोगी भूमिका मिल्यो । राजु सिंहको बुबा शिक्षा मन्त्रालय अन्तर्गत रहेर उपसचिव पदमा पनि काम गरेकाले संगीत र राजु सिंहको अध्ययनलाई निरन्तरता दिन सजिलो भयो । वरिष्ठ संगीतकार राजु सिंहले संगीतका साथै अर्थशास्त्रमा स्नाकोत्तर गरेका छन् । नेपालको संगीत क्षेत्रको चर्चित नाम वरिष्ठ संगीतकार राजु सिंहसँग सडक सदन साप्ताहिकका लागि मुकुन्द कालिकोटे लिएको अन्तरवार्ताः

 

– संगीत क्षेत्रमा कहिले र कसरी लाग्नुभयो ?

संगीतकार हुनुभन्दा पहिले सिंहले संगीत साधक अध्ययन पूर्वीय पाश्चात्य संगीतमा र विश्वकै प्रतिष्ठित ट्रिनिटी क्याम्पस अफ म्युजिक लण्डनमा संगीत पढ्ने मौका पाएको थिएँ । त्यस कारणले पनि २०४७ सालबाट प्रतिष्ठित ब्याण्डमार्फत संगीत सुरु गरेँ । अहिलेसम्म निरन्तर संगीत साधकको रुपमा लागि रहेको छु ।

 

– तपाईको संगीत जीवनमा आदर्श व्यक्ति मान्नुपर्दा कसलाई सम्झनुहुन्छ ?

मेरो संगीतको आदर्श व्यक्तिहरु सबै विद्याका अग्रज संगीतकारहरु हुनुहुन्छ । जस्ले नेपाली संगीतको अति नै मेहेनत साधना गरेर नेपाली संगीतको मापदण्ड र नेपाली संगीतलाई आजको अवस्थासम्म ल्याउनु भएको छ । सबै राम्रा उत्कृष्ट संगीतको उचाईमा रहेर संगीत सृजना गर्नै, आफ्नो मौलिकपन  तयार गर्ने स्रष्टाहरु मेरो संगीतका हरेका विद्याका नेपाली संगीतकारमात्र नभएर विश्व संगीतका हरेक पुस्ताका हरेक विद्याको संगीतकारहरु म अनि मेरो संगीतका आदर्श हुनुहुन्छ, जसलाई म शीर निहुराएर नमन गरिहेको हुन्छु । यहाँहरुको सिर्जनाबाट आफूमा ऊर्जा पाउँछु, उत्कृष्ट संगीतकार र संगीतको महा–विश्वविद्यालय र मेरो आदर्शको रुपमा याद गर्छु ।

 

– हृदयदेखि सम्झनुपर्दा कस–कसको नाम सम्झनुहुन्छ ?

नेपालमा लोक संगीतका (मौलिक) सर्जक प्रायः सबै हुनुहुन्छ तर पनि नातीकाजी, शिवशङ्कर, शम्भूजित वास्कोटा, गोपाल योञ्जन, अम्बर गुरुङ मेरो आदर्श हुनुहुन्छ । जसलाई भाविपुस्ताले पनि आईडल मान्नुभएको छ । त्यतिबेलादेखि सँधै–सँधै चीरकालसम्म संगीतकारहरुले संझीरहने पात्रहरु हुन् ।

 

– कला नचल्ने, चर्चिकला चल्ने गर्छ, यस्तो अध्यासले नेपाली कला संस्कृतिको जर्गेना होला ?

वर्तमान कला, गीत, संगीत क्षेत्रलाई म त्यति नकारात्मक रुपमा लिन्न, दुवैपक्ष (राम्रो नराम्रो) पक्षहरु आएका छन् । मनोरञ्जन र वास्तविका मुलधारको संगीतसँग यी दुईको तुलना गर्न मिल्दैन । श्रोता, दर्शक र समयको माग हो भन्दै संगीतको बैशाखी लिनेहरुलाई हाम्रै समाज, राज्यको सेन्सर वोर्ड तयार गरेर सजग गराउन सकिन्छ । अब गरौँला भनेर हुँदैन, बेला भैसक्यो, अबेला भयो । गीत संगीतको क्षेत्रमा मात्र होईन, हरेक क्षेत्रमा राज्यको तर्फबाट नियमनको आवश्यकता भैसकेको छ । अहिले गीत संगीतको क्षेत्रमा निजी क्षेत्र हावी भएको छ, त्यसले गर्दा पनि नेपाली गीत संगीतले बाटो विराए जस्तो लागेको छ, भाईरलको नाममा अलिक मर्यादाभन्दा बाहिर गएको जस्तो लाग्छ । अब नेपाली कला, साहित्य, गीत, संगीतको क्षेत्रमा पनि राज्यले दरिलो उपस्थिति जनाउनु पर्यो । राज्यले लगानी गरेर संगीतकारहरुलाई विश्वस्तरीय संगीत विश्वविद्यालयमा अध्ययनका लागि पठाउने व्यवस्था गरिनुपर्छ । जसले गर्दा दक्ष संगीतको स्रष्टा तयार गर्न सजिलो हुनेछ ।

 

– तपाईको संगीत यात्रालाई फर्केर हेर्दा दर्शक, श्रोताहरु कसरी हेरिरहेको पाउनुभएको छ ?

मेरो मेहेनत, स्तरीय काम, संगीत संयोजनले होला मेरो संगीतलाई नेपाली संगीत आदरणीय श्रोता, दर्शक, सञ्चारमाध्यम र पाठकवर्गहरुले चार दशकदेखि निरन्तर माया गरिरहनुभएको छ । जसले गर्दा म अनि मेरो संगीतयात्रालाई आगामी दिनहरुमा अझँबढी चुनौति थपिएको छ । अहिले नेपाली संगीत विश्वमा चिनिएको छ, धेरै युवाहरुले यसलाई रोजगारीको रुप बनाईरहनुभएको छ । म आफ्नो संगीतबाट सन्तुष्ट छु । अरु संगीतकारहरुको हकमा भन्न सक्दिन, त्यति जानकार पनि छैन, तर नेपाली संगीतकारको भविष्य उज्ज्वल छ । गर्व गर्छु ।

 

अवश्य पनि यस्ता प्रकारका गीत संगीतहरु नेपाली बजारमा आएका छन् तर यस्ता प्रकारका गीत संगीतलाई प्राथमिकता कदापी दिनुहुँदैन । नेपाली गीत संगीतको हरेका विद्या मौलिक, सामाजिक दायित्वसँग मेल खान्छ खाँदैन, समाजलाई सकारात्मक, नकारात्मक असर के परिरहेको छ त्यसलाई मौलिक मापदण्डभित्र राखेर अनुगमन गर्नुपर्छ । सरकारले नियमनकारी भूमिका निर्वाह गर्नुपर्छ आफै न्युनिकरण हुँदै जान्छ । अर्को तर्फ वास्तवमा यस क्षेत्रका श्रष्टाहरु नै सजग र इमान्दार हुन जरुरी छ, त्यति नै श्रोता, दर्शक र सञ्चामाध्यमहरु पनि । हामी आफै कसरी उत्कृष्ट सृजना पस्कने भनेर निरन्तर रुपमा लागियो भने गीत संगीतको मर्म र भावना विपरित जानेहरु सजग हुन्छन् र हटेर पनि जान्छ । अहिलेको पुस्ताले आफ्नै पनको संगीत र्सिजना तयार गरेर अझैँ राम्रो गरिरहनु भएको छ । साथै हो, त्यसमा शब्द, संगीत र स्वर, म्यूजिक भिडियोको तालमेल नभएको हुनसक्छ । हरेक विद्याको संगीतको भविष्य सुनौलो देख्छु । अहिलेका जतिपनि गीत संगीत छन्, जसमा नेपाली पन कतै न कतै भेटिन्छ । त्यहि भएर पनि विश्व संगीत समिपमा पहिलादेखि नै पढ्दै आएको छ । जुन गर्वको कुरा हो ।

 

– राज्यबाट के कस्ता अपेक्षा गर्नुभएको छ, गीत संगीतलाई राज्यले के गरिदियोस् भन्ने लाग्छ ?

कला क्षेत्रको भविष्य सुनिश्चित गर्न विश्वस्तरीय कलाका विश्वविद्यालयहरु जो विद्यायल स्तरदेखि नै सञ्चालन गर्नुपर्छ । यसमा लाग्ने कलाकारहरुलाई रोजगारी सृजना गर्नुको साथै विश्व कलाकारहरु सँगै विश्वकलाकारसँग साझेदारी आदानप्रदान हुन जरुरी छ । सबैभन्दा ठूलो कुरा यस क्षेत्रमा लागेर मेरो र मेरो परिवार पुस्तालाई जीवनको सुनिश्चिता हुनुपर्छ । यसै अनुसार राज्यले नीति नियम बनाउनुपर्छ । यसका लागि हरेक आर्थिक वर्षको बजेटमा सम्बोधन हुनुपर्छ भन्ने लाग्छ ।

 

– कला क्षेत्रमा विकृति छ, यसको व्यवस्थापन कसरी गर्न सकिएला ?

हरेक विद्याको संगीतकार सर्जकलाई समन्वय गरेर वृहत विचार गोष्ठि, नीति नियम, कानून र ऐन, श्रष्टा र कलाकारहरुको भूमिका, दायित्वका बारेमा ठोस् नीति तयार गरेमा आफै यो सन्तुलन हुनसक्छ । जसले संगीत र कलाकारको नाममा समाज देश र सम्पूर्ण कला जगतलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि विकृति फैलाउनु भएको छ, त्यस्ता कलाकारलाई नेपाली संगीतको इतिहासले कहिल्यै माफ गर्न सक्दैन ।

 

– तपाईँलाई चिनाएको गीत वा संगीत कुन हो ?

म नेपालको अति नै भाग्यमानी संगीतकारहरु मध्येको एक हुँ । मैले अग्रजदेखि नयाँ पुस्तासम्म संगीत गरेको छु । उहाँहरुको हरेक विधाको संगीतले राजु सिंहलाई परिचित गरायो । अति नै लोकप्रिय गीतहरु मध्ये कहाँ तिम्रो मायालुलाई, आकाशको बादल सरी, दोबाटोमा, नजरको दोषी, रित्ता सडकमा, वचन तोडेँ, मेरो साथ, माया माया, बादलहरु, कता हिडेको, काँडा हो माया, माया तिमी, मेड इन नेपाल, कहाँ नेर गल्ति भयो, म त हजुर, फेरी तिम्रो याद आयो, कति राम्रो, मलाई मात्रलगायतका सयौं गीत संगीत छन् । गुलाम अलीदेखि अहिलेको पुस्तासम्म संगीत गरेको अनुभव छ । ४० वटा गीती एल्वम विविध विधामा प्रकाशित छन् । त्यस्तै १४ सयभन्दा बढी गीतमा संगीत र्सिजना गरेको छु ।

{साभारः सडक सदन साप्ताहिकबाट}

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...