YouTube Link

काठमाडौं उपत्यका लगायत देशभर गाईजात्रा पर्व मनाइँदै

Facebook Link

काठमाडौं: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

 

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

 

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

 

गाईजात्रा नेपाली संस्कृतिमा केवल एउटा पर्व मात्र होइन, यो शोक, श्रद्धा र सांस्कृतिक गर्वको अद्वितीय संगम हो । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो पर्वले परिवारलाई आफ्ना दिवंगत प्रियजनलाई सम्झने, सम्मान गर्ने र आत्माको शान्तिको कामना गर्ने अवसर दिन्छ । विशेषगरी नेवार समुदायमा गहिरो रूपमा जरा गाडेको यो परम्परा शताब्दीयौंदेखि निरन्तर चलिआएको छ, जसले नेपाली समाजको सांस्कृतिक पहिचान र समृद्ध इतिहासलाई जिवन्त राखेको छ ।

 

गाईजात्राको यात्रामा सामेल गाई आध्यात्मिक रूपमा पवित्र प्रतीक हुन्-हिन्दू विश्वासअनुसार, गाई मृत आत्मालाई परलोकतर्फको यात्रामा मार्गदर्शन गर्ने जीव हो । समयसँगै गाईजात्राले आफ्नो महत्व अझै विस्तार गर्दै, केवल धार्मिक श्रद्धा नभई सामाजिक सद्भाव, सांस्कृतिक विविधता र समुदायबीचको एकतालाई समेत उजागर गरेको छ । यसका रंगीन झाँकी, हास्यव्यङ्ग्य, र सांस्कृतिक प्रस्तुतिहरूले यसलाई पर्यटकहरूका लागि पनि ठूलो आकर्षण बनाएको छ, जसले नेपालभित्र मात्र होइन, विश्वभर नेपालको पहिचान फैलाउन सहयोग गरेको छ । यसरी, गाईजात्रा हाम्रो संस्कृति, परम्परा र भावनात्मक सम्बन्धहरूको जगेर्ना गर्ने अमूल्य सम्पदा हो ।

 

जात्राको बिहानैदेखि काठमाडौं, भक्तपुर, ललितपुरका गल्ली-गल्लीमा धिमे, नक्ख, भुंका, ढोलक, मुरली, झ्याली जस्ता परम्परागत नेवारी बाजाहरूको आवाज गुञ्जिन थाल्छ । धिमेको गहिरो तालले जमिनसम्म कम्पन पैदा गर्छ, नक्खको गजगजाहटले आकाश नै थर्काउँछ, र मुरलीको मधुर स्वरले त्यो वातावरणमा एक प्रकारको आत्मीयता थप्छ । गाईजात्रामा बज्ने यी बाजा केवल मनोरञ्जनका लागि नभई, संस्कृति र पहिचानको जीवित प्रमाण हुन् । पुस्तौँदेखि बजाउँदै आएको यी तालहरूले हाम्रो इतिहास, हाम्रो कथा, र हाम्रो सामूहिक भावना जोगाइराखेका छन् ।

 

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...