YouTube Link

नेपालले आज बलियो टोली उत्तर कोरियासँग खेल्दै

Facebook Link

काठमाडौं: भुटानमा जारी एसीसी महिला यू-२० एसियन कप छनोटमा नेपालले आज बलियो टोली उत्तर कोरियासँग खेल्दैछ । खेल थिम्पुस्थिति चाम्लिङ्थाम रंगशालामा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० एसियन कपको च्याम्पियन पनि हो ।

 

आजको खेलमा नेपालले जितको लक्ष्य लिएको छ । महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अन्तिम खेललाई ध्यानमा राखेर साउदी अरेबियाविरुद्धको शुक्रबारको खेलमा पाँच परिवर्तन गरेको बताएका छन् । शुक्रबारको खेलमा उनले पाँच खेलाडीलाई सुरुआति ११ मा अवसर दिए पनि दोस्रो हाफमा उनीहरूलाई प्रतिस्थापन गरेका थिए ।​ साउदी अरबविरुद्ध नेपालले एक शून्यको साँघुरो जित निकालेको थियो ।

 

एसियन कपमा छनोट हुने सम्भावना बाँकी रहेको कारण नेपालले उत्तर कोरियासँग उत्कृष्ट प्रदर्शनसहित नतिजा आफ्नो अनुकुलमा आउनु पर्नेछ ।  नेपाल समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सफल भए एसियन कपमा छनोट हुनेछ । नेपालले दुई खेलबाट ४ अंक बनाएको छ । पहिलो खेलमा नेपाल भुटानसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । उत्तर कोरियाले भने साउदी अरबलाई १५-० र भुटानलाई १०-० गोलले हराएको थियो ।

 

समूह ‘ए’ मा रहेका भुटान र साउदी अरबको खेल पनि आजै हुँदैछ । दुई खेल खेलेको भुटानको एक अंक रहेको छ भने साउदी अरब अंकविहीन छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...