YouTube Link

बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहादुर सिंह लामाले दिए राजीनामा, ‘राजनीतिक षड्यन्त्र’ बाट हटाइएको आरोप

Facebook Link

काठमाडौं: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो ।

 

लामाले आइतबार साँझ प्रदेश प्रमुख दीपक देवकोटालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । राजीनामापछि पत्रकारहरूसँग कुरा गर्दै लामाले आफूलाई ‘राजनीतिक षड्यन्त्र’ बाट हटाइएको आरोप लगाएका छन् । उनले आफ्नो करिब एक वर्षे कार्यकालमा गरेका सुधारका कामहरूको विवरण पनि प्रस्तुत गरेका छन् । उनका अनुसार, आफ्नो सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च र राजस्व संकलनमा उल्लेख्य सुधार गरेको थियो ।

 

उनले विपत्तिको समयमा द्रुत प्रतिकार्य टोली गठन गरिएको र २१ वटा रुग्ण आयोजनाहरू सम्पन्न गरिएको दाबी गरे । साथै, राजस्व संकलनमा वृद्धि, सेवा प्रवाहलाई डिजिटलाइज गर्ने प्रक्रियाको सुरुवात र सुशासनका लागि भ्रष्टाचारविरुद्धको प्रादेशिक कार्ययोजना कार्यान्वयनमा ल्याइएको पनि उनले बताए । मुख्यमन्त्री लामाको राजीनामासँगै अब बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुने निश्चित भएको छ । कांग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार, बानियाँले आगामी ८ महिनासम्म सरकारको नेतृत्व गर्नेछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...