YouTube Link

नागरिक लगानी कोषले ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिँदै

Facebook Link

काठमाडौं: नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आवको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज भएको साधारणसभाले गत आवको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

 

साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेश गरेको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आव ०७९/८० मा २ खर्ब २ अर्ब ७ करोड रुपैयाँ सङ्कलन भएकोमा गत आवमा १२ दशमलव १९ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको उनले बताए ।

 

चालू आवको असोज मसान्तसम्ममा सङ्कलित रकम २ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आवमा २ अर्ब ७ करोड ६४ लाख रुपैयाँ कुल आम्दानी गरेकामा सञ्चालन र अन्य खर्च कटाई करपछिको खुद मुनाफा १ अर्ब १५ करोड ८७ लाख रुपैयाँ रहेको छ । उक्त खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रुपैयाँ रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाख रुपैयाँबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउन कोष क्रियाशील रहेको बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...