YouTube Link

नागरिक लगानी कोषले ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिँदै

Facebook Link

काठमाडौं: नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आवको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज भएको साधारणसभाले गत आवको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

 

साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेश गरेको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आव ०७९/८० मा २ खर्ब २ अर्ब ७ करोड रुपैयाँ सङ्कलन भएकोमा गत आवमा १२ दशमलव १९ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको उनले बताए ।

 

चालू आवको असोज मसान्तसम्ममा सङ्कलित रकम २ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आवमा २ अर्ब ७ करोड ६४ लाख रुपैयाँ कुल आम्दानी गरेकामा सञ्चालन र अन्य खर्च कटाई करपछिको खुद मुनाफा १ अर्ब १५ करोड ८७ लाख रुपैयाँ रहेको छ । उक्त खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रुपैयाँ रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाख रुपैयाँबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउन कोष क्रियाशील रहेको बताए ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

वि.सं.२०८२ असोज ३० बिहीवार ०६:५७

काठमाडौं: नेपालले टी-२० विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोटको सुपर...

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६

काठमाडौं: आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको...

सभामुखले आज दलहरूसँग छलफल गर्ने

सभामुखले आज दलहरूसँग छलफल गर्ने

वि.सं.२०८२ असोज २९ बुधवार ०७:३४

काठमाडौं: सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा...

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

वि.सं.२०८२ असोज २९ बुधवार ०७:२८

काठमाडौं: नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ...

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

वि.सं.२०८२ असोज २९ बुधवार ०७:१६

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय...

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१

काठमाडौं: आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको...