YouTube Link

पब्जी विश्वकपमा नेपाली टोली ‘होर ईस्पोर्ट्स’को ऐतिहासिक प्रदर्शन

Facebook Link

काठमाडौं: पहिलोपटक पब्जी मोबाइल विश्वकप (पीएमडब्युसी) मा सहभागी भएको नेपाली टोली ‘होर ईस्पोर्ट्स’ले ऐतिहासिक प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको छ । साउदी अरबमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा विश्वका शीर्ष १५ टोलीहरूसँग प्रतिस्पर्धा गर्दै होरले कुल एक लाख २७ हजार ५०० अमेरिकी डलर (झन्डै एक करोड ७८ लाख रुपैयाँ) पुरस्कार राशि जितेको हो ।

फिनालेमा नवौं स्थानमा रहँदै टोलीले ६० हजार डलर प्राप्त गर्‍यो । त्यसभन्दा अघि सर्भाइभल स्टेजमा शीर्ष स्थानमा रहेबापत २५ हजार डलर, ग्रुप स्टेजमा १३औं स्थानमा रहेर २७ हजार ५०० डलर र एक शो म्याच जितेर थप १० हजार डलर पुरस्कार हात पार्न सफल भएको थियो । होरको टोलीबाट आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए । यो नेपाली टोलीको पहिलोपटक विश्वस्तरीय ईस्पोर्ट्स प्रतियोगिता प्रवेश हो, जसले नेपाली गेमिङ क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ ।

प्रतियोगिताको उपाधि म्यानमारको याङ्गोन ग्यालेक्टिकोसले १५७ अंक र चार चिकेन डिनरसहित जित्यो । उसले उपाधिसहित ५ लाख अमेरिकी डलर प्राप्त गर्‍यो । चीनको वेबो गेमिङ १४२ अंक साथ दोस्रो स्थानमा रहँदा मंगोलियाको अल्फा गेमिङ १४१ अंकका साथ तेस्रो भयो । मंगोलियाका खेलाडी ‘डक’ प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै ५० हजार डलर पुरस्कार जिते ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...