YouTube Link

प्रविधिमैत्री सेवा प्रवाहमा फड्को मार्दै नेपाल प्रहरी : ट्राफिक सचेतना कक्ष अब अनलाइनबाटै लिन सकिने

Facebook Link

काठमाडौं: प्रविधिमैत्री सेवा प्रवाहमा फड्को मार्ने क्रममा नेपाल प्रहरीले ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकहरुलाई सवारीसम्बन्धी नियम-कानूनको जानकारी भौतिक उपस्थितिमा सचेतना कक्षामार्फत् गराउने गरेकोमा अझ सरल, व्यवस्थित एवं सहज बनाउने उद्देश्यका साथ अब अनलाइन कक्षासमेत सञ्चालनमा ल्याएको छ । मादक पदार्थ सेवन, रातो बत्ती, लेन अनुशासन तथा तीव्रगतिलगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुका लागि सरल, व्यवस्थित र सहज तरिकाले सवारीसम्बन्धी नियम-कानूनको जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइन कक्षाको गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच विधिवत शुभारम्भ गरेका छन् ।

 

नेपाल प्रहरीले ज्ञान बजार प्रालिसँगको सहकार्यमा सञ्चालनमा ल्याएको अनलाइन कक्षा सेवाग्राहीमैत्री भएको गृहमन्त्री लेखकले उल्लेख गरे । उनले नेपाल प्रहरी एकपछि अर्को प्रविधिमा प्रवेश गरिराखेको, प्रविधिको प्रयोगमार्फत् कक्षा लिन सकिने व्यवस्थाले नेपाल प्रहरीमा प्रविधि भित्र्याउने नयाँ आयाम थप भएको बताए । नेपाल प्रहरी जनताका बीचमा लोकप्रिय रहेको भन्दै गृहमन्त्री लेखकले नागरिकको प्रहरीप्रति आस्था र विश्वास बढेको, कुनै समस्या पर्दा नागरिकले सबैभन्दा पहिला सम्झिने संगठन नेपाल प्रहरी भएकाले जनताको आस्था, भरोषा र विश्वास जोगाइराख्न आग्रह गरे । प्रविधिको प्रयोगले कहिलेकाहीँ जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने उनले उल्लेख गरे ।

 

 

प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरीले प्रविधिको प्रयोगलाई नजर-अन्दाज नगरी सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्रथम प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई सेवाग्राहीमैत्री बनाइएको चर्चा गरे । उनले लापसे (लागू पदार्थ सेवन) गरेर सवारी चलाउने सवारी चालकलाई समेत कारबाही गर्ने गरिएको बताए । नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको प्रहरी महानिरीक्षक थापाले उल्लेख गरे । आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने उनले बताए । प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दूर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिबृद्धि र सेवा प्रवाहमा सुधार भएको सम्झाए । अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकाले सेवाग्राहीहरूको पनि पर्याप्त सहयोग हुने विश्वास उनले व्यक्त गरे । अनलाइन माध्यमबाट हुने यस किसिमका कक्षाहरूमा सेवा प्रयोगकर्ताबाट हुन सक्ने लापरवाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्याप्त सजगता अपनाउनु पर्नेमा प्रहरी महानिरीक्षक थापाको जोड थियो ।

 

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले भने- ‘अनलाइन सचेतना कक्षामा सहभागी भइसकेपछि मोबाइलको क्यामेरा आफ्नो अनुहारतिर फर्काइराख्नुपर्ने हुन्छ । शुरुदेखि अन्त्यसम्म सेवाग्राहीको अनुहारलाई एआई मोड्युले मोनिटरिङ गरिरहने हुँदा कक्षाको क्रममा क्यामेरा एक मिनेटसम्म अफ भएमा वा अनुहार नपाएमा एवं तीनपटक अलर्ट म्यासेज आएमा वा ६ प्रश्नमध्ये कम्तीमा तीन प्रश्नको सही उत्तर नदिएमा कक्षा डिस्कनेक्ट हुनेछ । पुनः सचेतना कक्षामा १२ घण्टापश्चात् मात्र सहभागी हुने व्यवस्था मिलाइएको छ । उक्त कक्षा अर्को दिन पनि पूरा नभएमा अथवा सवारी दर्ता किताब र सडक इजाजतपत्रको कारबाहीमा सम्बन्धित कार्यालयको भौतिक उपस्थितमा कक्षा लिइने व्यवस्था गरिएको छ ।’

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...