YouTube Link

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । आइतबार बसेको १७औं नगरसभामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा अनुसार कूल बजेटको ५१ प्रतिशत पूर्वाधारका निम्ति छुट्याएको छ ।

 

उपप्रमुख डंगोलले आगामी आर्थिक वर्षका लागि रु. २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु. २५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी छन् । ‘अगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र वैंङ्क मौज्दात गरी कुल २० अर्व १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ’, उनले बजेट भाषणका क्रममा भनिन्, ‘नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्व ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।’

 

काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्व २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ । ‘पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात १२ अर्व ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अर्व १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ’, उनले बजेट भाषणमा भनिन्, ‘कार्यालय संन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अर्व ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ ।’

 

अगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखिएको उनले जानकारी दिइन् । ‘फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार,सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राखिएको छ’, उनले भनिन्, ‘यसैगरी काठमाडौ महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी,वहाः वही, ननीलगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट वजेट व्यवस्थापन गरिएको छ ।’

 

उप प्रमुख डंगोलले अगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा वजेट पेश गर्ने सन्दर्भमा स्थानीय सरकार संचालन ऐनमा भएको समयसिमा भन्दा हामी केही ढिला भएका भन्दै विगतका दिनहरुमा केही मनमुटावले असल गरेको पनि उल्लेख गरिन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...