YouTube Link

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

Facebook Link

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ । २०५४ सालमा ‘सेम’ एल्बम मार्फत पहिलो पटक सार्वजनिक भएको यस गीतको पहिलो रेकर्डमा वरिष्ठ गायक लाल बहादुर योञ्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो ।

विगतमा अत्यधिक लोकप्रिय बनेको यस गीतलाई अहिले नयाँ शैली र स्वादमा पुनः रेकर्ड गरिएको छ । शब्द लाल बहादुर योञ्जन, संगीत भरत योञ्जन र स्वर वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ तथा दि भ्वाईस अफ नेपाल सिजन ५ का फर्स्ट रनर-अप मकर योञ्जनको रहेको छ । तामाङ समुदायको मौलिक संस्कृति, प्रेमभाव र पहिचान झल्किने गीत श्री म्यूजिकको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

सुन्दर योन्जनको निर्देशनमा निर्माण भएको भिडियोमा अभिनेता कुनसाङ बम्जन र अभिनेत्री अम्बिका तामाङको अभिनय देख्न पाइन्छ । पारम्परिक तामाङ पहिरन र सांस्कृतिक दृश्यले भिडियोलाई अझ आकर्षक बनाएको छ । भिडियोको छायांकन, सम्पादन सुन्दर भोंजन, कोरियोग्राफी युद्ध लामा, र मेकअपमा छिमी तामाङको भूमिका रहेको छ । अडियो एरेन्जमेन्ट नोरबु शेर्पा, मिक्सिङ तथा मास्टरिङ सुमन खड्का, स्टुडियो पर्पल स्टुडियो र पोस्ट प्रोडक्सन श्री म्यूजिकले गरेको छ ।

मौलिकता, प्रेम र सांस्कृतिक पहिचान बोकेको यो गीत नयाँ पुस्तालाई आफ्नो सांगीतिक सम्पदा सम्झाउने प्रयासका रूपमा लिइएको छ । श्रोता तथा दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको यस गीतले तामाङ संगीतको गौरवशाली इतिहासलाई पुनर्जीवित गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...