YouTube Link

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

Khanepani Dhal
Facebook Link

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बैशाख २७ गतेदेखि २९ गतेसम्म भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै हलमा सम्पन्न प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।

 

समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दिपक रिजाल, विशेष अतिथि नगर उपप्रमुख सान्नानी लामा, विशेष अतिथि गोकर्णेश्वोर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, विशेष अतिथि नेपाल उसु महासंघका महासचिव नबराज ढुंगाना ‘बिश्वास’ लगायत अन्य अतिथिहरुले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र वितरण गरेका थिए ।

 

प्रतियोगितामा १० स्वर्ण, २ रजत र ३ कास्य पदक सहित इष्टपोल एकेडेमी टिम प्रथम, ७ स्वर्ण ११ रजत र ४ कास्य सहित मनमैजु उसु क्वान टिम दोस्रो र ६ स्वर्ण र ७ कास्य सहित आयोजक जोरपाटी उसु क्वान टिम तेस्रो भएका थिए । प्रतियोगिताको चौथो सस्करणसम्म आइपुग्दा अत्याधिक र उत्कृष्ट जुनियर खेलाडीहरु सहभागी भएको जोरपाटी उसु क्वानका अध्यक्ष तथा कार्यक्रम संयोजक नारायन श्रेष्ठले जानकारी गराए ।

 

 

प्रतियोगितामा थाओलु तर्फ इष्टपोल एकेडेमीका दुई खेलाडी रिदम गोले पुरुष र बबिता ठाडा मगर महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै सान्दा पुरुष तर्फ सन्जिब तमाङ्ग (निन्जा उसु क्वान) र महिला तर्फ आरती गोम्बो (मनमैजु उसु क्वान) उत्कृष्ट खेलाडी घोषत भएको जोरपाटी उसु क्वान तथा प्रतियोगिताको प्राबिधिक संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी गराए । उनले सहभागी सम्पुर्ण क्वान, स्कुलका खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिदै आगामी बर्षमा अझ उत्कृष्ट र प्रतिष्पर्धात्मक प्रतियोगिता हुने समेत जानकारी गराए ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक

वि.सं.२०८२ असार ६ शुक्रवार १७:४९

काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि...

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन

वि.सं.२०८२ असार ६ शुक्रवार १७:३९

काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको...

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

वि.सं.२०८२ असार ५ बिहीवार ११:३२

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र...

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व...

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने

वि.सं.२०८२ असार ४ बुधवार ०८:०७

काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ ।...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ४ बुधवार ०७:४६

काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भाग...