YouTube Link

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

Facebook Link

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बैशाख २७ गतेदेखि २९ गतेसम्म भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै हलमा सम्पन्न प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दिपक रिजाल, विशेष अतिथि नगर उपप्रमुख सान्नानी लामा, विशेष अतिथि गोकर्णेश्वोर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, विशेष अतिथि नेपाल उसु महासंघका महासचिव नबराज ढुंगाना ‘बिश्वास’ लगायत अन्य अतिथिहरुले बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा १० स्वर्ण, २ रजत र ३ कास्य पदक सहित इष्टपोल एकेडेमी टिम प्रथम, ७ स्वर्ण ११ रजत र ४ कास्य सहित मनमैजु उसु क्वान टिम दोस्रो र ६ स्वर्ण र ७ कास्य सहित आयोजक जोरपाटी उसु क्वान टिम तेस्रो भएका थिए । प्रतियोगिताको चौथो सस्करणसम्म आइपुग्दा अत्याधिक र उत्कृष्ट जुनियर खेलाडीहरु सहभागी भएको जोरपाटी उसु क्वानका अध्यक्ष तथा कार्यक्रम संयोजक नारायन श्रेष्ठले जानकारी गराए ।

प्रतियोगितामा थाओलु तर्फ इष्टपोल एकेडेमीका दुई खेलाडी रिदम गोले पुरुष र बबिता ठाडा मगर महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै सान्दा पुरुष तर्फ सन्जिब तमाङ्ग (निन्जा उसु क्वान) र महिला तर्फ आरती गोम्बो (मनमैजु उसु क्वान) उत्कृष्ट खेलाडी घोषत भएको जोरपाटी उसु क्वान तथा प्रतियोगिताको प्राबिधिक संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी गराए । उनले सहभागी सम्पुर्ण क्वान, स्कुलका खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिदै आगामी बर्षमा अझ उत्कृष्ट र प्रतिष्पर्धात्मक प्रतियोगिता हुने समेत जानकारी गराए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...