YouTube Link

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

Facebook Link

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक नछोड्ने अडानमा रहेका शिक्षकहरुले बिहीबार पनि माइतीघर-बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

 

दिउँसो १२ बजे माइतीघर मण्डालामा भेला भएर प्रदर्शन गरिने नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ढिलोचाँडो आफूहरुसँग भएको सहमति कार्यान्वयनको विकल्प सरकारसँग नभएको भन्दै आन्दोलन जारी रहने बताए । आन्दोलनलाई मर्यादित र अनुशासित बनाउँदै तोकिएको अवधि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन स्थलमै रहन शिक्षकहरूलाई आग्रह गरेका छन् । सरकारले माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेकाले आन्दोलन स्थगित गरी विद्यालयमा फर्कन आग्रह गरे पनि शिक्षकहरू विश्वस्त हुन सकेका छैनन् ।

 

मन्त्रिपरिषदले वैशाख १२ गते संसद अधिवेशन आह्वानको सिफारिस गर्दै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णय प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदर्शनका कार्यक्रम रोकेर काममा फर्कन शिक्षकहरूलाई आग्रह गरेको छ ।

 

शिक्षकहरुकको आन्दोलनले देशभर विद्यार्थी भर्ना अभियान र एसईईको उत्तरपुस्तिका परीक्षण रोकिएको छ भने आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को राष्ट्रिय परीक्षा समेत प्रभावित हुने भएको छ ।  शिक्षकको यो रवैयाले अभिभावक भने मारमा परेका छन् । उनीहरु आफ्ना छोराछोरीको भविष्य अब के हुने भन्ने चिन्तामा छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...