शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह
वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२
2K
shares
काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै सरकारले आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिन शिक्षकहरूलाई आह्वान गरेको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकका मागप्रति गम्भीर रहेको भन्दै विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइन् । तर आन्दोलनरत शिक्षक महासंघले सरकारको निर्णयबारे छलफल गरेर मात्रै प्रतिक्रिया दिने बताएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे छलफल गरेर मात्रै आधिकारिक धारणा तय गर्ने बताए । उनले ऐन जारी गर्नुपर्ने र विगतमा भएका सम्झौता समेत कार्यान्वयन गर्नुपर्ने अडान कायमै रहेको प्रतिक्रिया दिए ।
वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२




















