YouTube Link

एनएफपिजे नेपालद्वारा राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ घोषणा

Facebook Link

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।

 

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते सम्पन्न हुने फोटोपत्रकारिता अवार्ड बारे जानकारी गराएको हो । २०५३ साल असोज ६ गते स्थापना भएको एनएफपिजे नेपाल, व्यावसायिक फोटोपत्रकारहरूको पहिलो आधिकारिक संस्था हो ।

 

अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ । साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

 

 

राष्ट्रिय तथा प्रदेशस्तरीय अवार्ड विधाहरू

राष्ट्रिय फोटोपत्रकारिता अवार्ड अन्तर्गत ९ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ । त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ ।

 

 

अवार्डका लागि आवेदन प्रक्रिया

फोटोपत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशिल फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन् ।  आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, उत्कृष्ट पाँच फोटो २०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका १२ X १८ इन्च आकारमा ३०० डिपिआइ गुणस्तरमा क्याप्सनसहित पेश गर्नुपर्नेछ । आवेदन फारम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।

 

 

निर्णायक मण्डल र मूल्यांकन मापदण्ड

अवार्ड छनौट समिति अध्यक्ष प्रदीपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सुर्यज्योती लाइफ इन्सुरेन्सका व्राण्डिङ एण्ड कम्यूनीकेशन प्रमुख मेगेन्द्र प्रकाश गिरी प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनेछन् ।

 

निर्णायक मण्डलले तस्बिरहरूको प्राविधिक पक्ष, समाचार मूल्य, नैतिकता, सामाजिक–सांस्कृतिक प्रभाव, नवीनता तथा प्रविधिको प्रयोग लगायतका आधारमा मूल्यांकन गर्नेछ । समूहका अध्यक्ष प्रदीपराज वन्तले राज्यले फोटोपत्रकारहरुको हकहित र सम्मानको लागि कुनैपनि पुरस्कार तथा सम्मान स्थापना नगरेकाले २०७३ सालदेखि आफ्नो नेतृत्वमा यो कार्यक्रम शुरु गरेको जानकारी गराए ।

 

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रौनियार र निर्णायक मण्डलको तर्फबाट वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेलले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । यस वर्षको कार्यक्रम संयोजकमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ लगायत महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष लगायत ७ जनाको  आयोजक कमिटि गठन गरिएको अध्यक्ष वन्तले जानकारी गराएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...