YouTube Link

नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दै

Facebook Link

काठमाडौं: नेपालले एएफसी एसियन कप २०२७ छनोटमा आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुने समूह ‘एफ’को खेल नेपाली समय अनुसार राति ७:४५ बजे हुनेछ ।

 

नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ । विगतको भेटमा नेपालले मलेसियालाई पराजित गर्न सकेको छैन । नेपालले ७ खेलमा २३ गोल खाएको छ । त्यसैले गोल गर्ने र पहिलो जित निकाल्ने र इतिहास बदल्ने अवसर नेपाली टोलीलाई रहेको छ । मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ । नेपाल र मलेसियाबीचको अन्तिम भेट २०१९ मा मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । यसअघि सन् १९८३ को मर्डेका कपमा मलेसियाले नेपाललाई ७-० ले पराजित गरेको थियो ।

 

नेपालले सिंगापुरलाई शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० गोल अन्तरले पराजित गरेको थियो । पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको यो नै पहिलो खेल थियो । फरवार्ड जिलेस्पीजंग कार्कीले गरेको एक गोल नै नेपाली टोलीका लागि निर्णायक गोल बन्न पुग्यो । मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हाले यता त्यो पहिलो खेल थियो । मलेसिया जानुअघिको त्यो जितले नेपाली टोलीलाई उत्साहित बनाएको छ ।

 

यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । मलेसियासँगको यो खेल नेपालको होम म्याच हो । तर दशरथ रङ्गशालासँग अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...