YouTube Link

आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीका खेलाडीको ट्याकलमा परेका थिए । उनको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फाले जनाएको छ ।

 

खेलको ३७औं मिनेटमा युनानका मोरी मेडेले उनीमाथि ट्याकल गरेका हुन् । उक्त ट्याकलपछि उनी मैदानमै छटपटाएका थिए । उनलाई तत्कालै खुट्टामा ‘हट ब्याक’ राखेर स्टेचरमा मैदान बाहिर निकालिएको थियो । लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बि एन्ड बी हस्पिटलमा ‘रिफर’ गरिएको एन्फाले जनाकारी दिएको छ ।

 

 

चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण खेलमा नेपालको युवा टिमलाई २-० गोल अन्तरले हराउँदै चीनको युनान टिम विजयी भएको छ ।

 

 

शनिबार दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरूवातदेखि नै नेपालको युवा टोलीलाई दबाबमा राखेको थियो । खेलको २०औं मिनेटमा मिनग्यु युले बक्स बाहिरबाट हानेको लामो प्रहार गोलमा परिणत भयो । पहिलो हाफमा चीनको युनान टिमले १-० को अग्रता बनायो । दोस्रो हाफमा पनि नेपाल खेलमा फर्कन सकेन् । खेलको ७८औं मिनेटमा वाङ बिनहानले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । यो पटक चीनले गत वर्ष भन्दा बलियो टिम मैदानमा उतार्दै जित निकालेको हो । गत संस्करण भने नेपालले मैत्रीपूर्ण खेल जितेको थियो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...