YouTube Link

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

Facebook Link

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ । बिहिबार बिहान भएको खेलमा लिभरपुल एभर्टनसँग २-२ को बराबरीमा रोकिएको हो ।

 

घरेलु मैदानमा खेलको ११औं मिनेटमा एभर्टनका बेटोको गोलमा टोलीले सुरुवाती अग्रता लिएको थियो । त्यसको ५ मिनेट पछि नै लिभरपुलका एलेक्स म्याक एलिसेल्टरले बराबरी गोल फर्काए । खेलको ७३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितीमा पुर्याए ।

 

दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा एभर्टनका जेम्स टार्कोव्स्कीले गोल गर्दै गुमाई सकेको खेल बराबरीमा पुर्याए । टार्कोव्स्कीले बराबरी गोल गरेपछि मिडफिल्डर अब्दुलाए डौकौरेले लिभरपुलका समर्थकहरू अगाडि गएर उत्सव मनाएका थिए । उक्त घटनाले लिभरपुलका खेलाडीहरूको आक्रोश बढायो ।

 

लिभरपुलका खेलाडी कर्टिस जोन्सले डौकौरेको व्यवहारलाई लिएर असन्तोष जनाउँदै उनलाई समात्ने प्रयास गरे । रेफ्री माइकल ओलिभरले विवाद शान्त भएपछि डौकौरे र जोन्सलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए । त्यसपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटले रेफ्रीसँग आक्रामक रूपमा हात मिलाएपछि उनलाई पनि सिधै रातो कार्ड दिइयो । लिभरपुलका सहयक प्रशिक्षक सिप्के हल्सहोफलाई पनि रेड कार्ड देखाइयो ।

 

बराबरीसँगै लिभरपुल २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा कायमै छ । एभर्टन भने समान खेलमा २७ अंकका साथ १५औं स्थानमा छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...